Loading...

५०औँ विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा तुल्सी लाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व मन्त्री गोपाल शाक्यको मन्तब्य ।

Posted By:

कार्यक्रमका प्रमुख अतिथि, पूर्वप्रभानमन्त्री, नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्माओलिज्यू, मानीय ज्यूहरु र आदरणीय साथीहरु । आज ५०औँ विश्व वातावरण दिवस आज नै नेवारहरुको सिटी नखः पर्व पनि हो यो दिन र पर्वले वातावरण सन्तुलीत राख्न सचेत र जागृत गराउने काम गर्दछ । आज पानीका मुलहरु सफा गर्ने, बाटो पार्टीपौवा, मठ मन्दीर, घर वरपर आदि सफा गर्ने चलन यो उपत्यकामा लिच्छ्वीकाल देखि चलि आएको चनल हो । त्यस बेला देखि शिद्धार्थ गौतम बुद्ध–शाक्यमूनी बुद्धका शिक्षा ग्रहण गरेका उपासकहरुले घरघरमा रुख रोप्ने, पानीका मुलहरु सफा गर्ने नगर–गाउँमा बुद्ध विहारहरुको अगाडी पछाडी तलाउ बनाएर बर्षाको पानीहरु जम्मा गर्ने पृथ्वी–भुमी, हावा पानी, प्रकृति , मान्छे पशुपंक्षि जल थल साथै सबै प्राणीहरु, सुर्य मण्डल, तारा मण्डलसँग यो पृथ्वीको अन्तर सम्बन्धहरु बुझ्ने बुझाउने काम गर्ने चलन थियो । आज हामिले हाम्रो पुर्खाहरुबाट हाम्रो साझा घर यो पृथ्वीको रक्षा संरक्षणको खातिर सचेत र जागृत हुँदै साम्राज्यबादी दृष्टीकोण बोकेका धनी राष्ट्रहरुले आफ्नो भौतिक स्वार्थ सुख–सुविधाको लागि मात्र विकासका मोडेलहरु बनाउँदा प्राकृतिक सन्तुलनलाई ध्यान दिन नसकेर गम्भीर गल्ती कमजोरी गरिरहेका छन, साथै आज पोट्रोलीयम पदार्थ, प्राकृतिक ग्यास, कोइला जस्ता जीवांस इन्धन प्रयोगले वायुमण्डल, कार्वनडाइ अक्साईड, बढी रहेको कार्वन शोषक वनजंगल नष्ट गरि सट्टा भर्ना गरिरहेका छैनन् बढिरहेको कार्वन समुन्द्रको पानीमा घुलेर अम्ल (एसीड) बर्षा हुन थालेको र वायुमण्डलको तापक्रम बढेर हिमालको हिउँ समेत पग्लीने क्रम बढीरहेको, प्राकृतिक असन्तुलनको कारण बाढी, पहिरो आँधि, तुफान, भुकम्प आदीले क्षति पुर्याइरहेको छ । यो विनास रोक्न समयमा सचेत हौँ जागृत हौँ वातावरण सन्तुलन कायम राख्ने उपाय, तरिका र काम – ब्यवहार गरौँ समय सन्र्दभ बुझेर यस सम्बन्धि शिक्षा लियौँ, शिक्षित बनौँ यसै उदेश्यलाई ध्यानमा राखेर आज तुल्सी लाल स्मृति प्रतिष्ठान र अनेमसंघको संयुक्त प्रयास पहलमा “सबैको साझा घर पृथ्वी र राष्ट्रको वातावरण जोगाऔँ, मावन, जीवजन्तु र बनस्पतिको रक्षा गरौँ ” “इल्ीथ् इल्भ् भ्ब्च्त्ज् ” विषयक गोष्ठीको तुल्सी लाल स्मृति हलमा आयोजना भई रहेको छ । साथै तुल्सी लाल स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यलय र नेकपा (एमाले) को हाता भित्र विभिन्न फलफुल आदीका विरुवा रोपी बृक्षा रोपण कार्यक्रम पनि गर्दछौँ । यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्र्दै संचालक माननीय श्री सुजिता शाक्यलाई कार्यक्रम सञ्चालको लागि अनुमति दिन्छु । धन्यबाद । २०७९ जेष्ठ २५ गते

Other News