Loading...

५०औं विश्व वातावरण दिवसकोृ सन्दर्भमा तुलसीलाल स्मृती प्रतिष्ठान र अखिल नेपाल महिला संंघको सयुंक्त आयोजनामा “वृक्षारोपण र जागरण कार्यक्रम” सम्पन्न गरिएको छ ।

Posted By:

५०औं विश्व वातावरण दिवसकोृ सन्दर्भमा तुलसीलाल स्मृती प्रतिष्ठान र अखिल नेपाल महिला संंघ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सयुंक्त आयोजनामा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलि ज्यूको प्रमुख आतिथ्यतामा “जीवजगतको अस्तित्व माथिको चुनौति र हाम्रो दायित्व” तथा “वृक्षारोपण र जागरण कार्यक्रम” को आयोजना सम्पन्न गरिएको छ । यस महत्वपुर्ण कार्यक्रममा झण्डै ३०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो कायक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले गर्नु भएको थियो भने सञ्चालन नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सांसद शुजिता शाक्यले गर्नु भएको थियो । कार्यक्रम पश्चात तुल्सीलाल प्रतिष्ठानको कम्पाउण्ड भित्र विभिन्न फलफुल तथा उपयोगी विरुवाहरु रोपी बृक्षारोपण समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा लगायतको आतिथ्यता रहेको थियो ।    

Other News