Loading...

२२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित बौद्धिक राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम˗२०७६ मा अध्यक्ष गोपाल शाक्यको मनतब्य

Posted By:

नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व कामरेड तुल्सी लाल अमात्यलाई श्रद्धा सुमन अर्पण गर्दछु साथै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा आज सम्म विशेष योगदान गर्ने कामरेड पुष्पलाल, मनहोहन अधिकारी, मदन भण्डारी, निर्मल लामा, नर बहादुर कर्माचार्य, वि पी कोइराला, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगायत सबै योद्धाहरुलाई र आन्दोलनका शहिदहरु सम्पूर्णलाई श्रद्धाका फुलहरु श्रद्धा सुमन अर्पण गर्दछु । नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा तुल्सी लालका योगदानहरु अविस्मरणीय छन्˗ सिद्वान्त र संगठन निर्माणमा होस्, लोकतन्त्रको मूल्य, मान्यतासंगै नेपालका शोषित पिडित मजदुर किसान र उत्पीडित जातीको हक˗अधिकारका संघर्षहरुमा होस विशेषः नेपालका किसानहरुको आन्दोलनमा कामरेड तुल्सी लालको नेतृत्वदायी भूमिका नेपाल र नेपालीहरुले सदा˗सदा संम्झीरहनेछन् । आज तुल्सी लाल दिवंगत हुनु भएको २२ वर्ष बित्यो । यस बिचमा नेपालमा ठूला˗ठूला राजनीतिक परिवर्तन भयो˗२०६२÷०६३ को सयुक्त जन˗आन्दोलनले राजा ज्ञानेन्द्रलाई जनता समक्ष झुकायो, पहिलो संविधान सभाले राजा र राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा ग¥यो । दोस्रो संविधान सभाले नेपालको संविधान˗२०७२ दियो । नेपालको सार्वभौम संसदको निर्वाचन भयो, ७ प्रदेश र ७५३ स्थानीय पालिकाहरुको निर्वाचनसंगै तीनै तहमा सरकारहरु निर्माण भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग निर्माण गर्ने, विकासको बाटो प्रारम्भ गर्ने सुरसारमा हामी छौं । यस बेला हामीले तुल्सी लाललाई संझीदाँ वहाँको १०४ वर्षीय निरकुश राणा शासन तथा ३० वर्षीय निर्दलीय पंचयती शासन व्यावस्था विरुद्व सघर्ष गरेर नेपालमा सार्वभौम सत्ता जनताको हातमा ल्याउने सपना देख्नु भएको थियो । त्यो पुरा भएकोछ । नेपाली शोषित उत्पीडित गरीब, मजदुर किसान, कमैया कमलहरीहरुलाई देशको मालिक बनाउने जमीन्दारी दलाल˗पूँजीवादी शोषण उत्पीडन, अन्याय र दमनको अन्त्य गर्ने, सपना पुरा गर्ने तर्फ अब हामीले अघी बढन् पर्छ । सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको नेतृत्वमा रहेको नेपाल सरकारले “समृद्ध नेपाल र सुखी नेपाली” को नारा नेपाललाई वास्तवमा समृद्ध बनाउने, गरीब दुखी, शोषित˗उत्पीडित नेपालीहरुलाई न्याय दिलाएर सुखी र खुशी बनाउने, नेपालीहरुलाई वास्तवमा नेपालकै मालिक बनाउने हो । यो अभियानमा तुल्सी लाल स्मृति प्रतिष्ठान नेपाल सरकारको साथमा छ र आफू सक्दो सहयोग गर्नेछ । यो काम सजिलो छैन तर असंभव पनि छैन । यो कामलाई पूरा गर्न तुल्सी लाल स्मृति प्रतिष्ठान केही सुझावहरु राख्न चाहान्छ । १. सम्माननीय प्रधानमन्त्रीज्यूको भष्टचार विरोधी अभियानलाई समर्थन गर्दै भष्टचार नियन्त्रण गर्न अझ प्रभावशाली कदमहरु चालियोस । तीनै तहको सरकारले भष्ट राजनीतिक नेता र प्रशासनिक कर्मचारी लगायत सबै भष्टचारीहरुलाई कडा भन्दा कडा कारवाही गरोस कसैलाई पनि छुट दिने, बचाउने, संरक्षण गर्ने काम नगरोस । २. अब नेपालको विकासको बाटो पूँजीवादी विकासको बाटो होइन समाजवाद मूखी विकासको बाटो हुनु पर्दछ । कामरेड तुल्सी लालले गैरपूँजीवादी बाटो भन्नु भएको थियो । वहाँको सामन्तवाद र साम्राज्यवाद विरोधी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम स्वयममा समाजवादको न्यून्तम कार्यक्रम थियो । दलाल पूँजीवादको विकास गरेर समाजवादमा पुग्न सकिन्न राष्ट्रिय पूँजीको विकास गर्नुपर्दछ । आत्मा˗निर्भर अर्थतन्त्रको विकासको लागि उत्पादनमा आत्म˗निर्भर हुने मात्र होइन निर्यात मूखी उत्पादनमा पनि जोड दिन आवश्यक छ । नेपाली चरित्रको समाजवाद निर्माणको लागि राष्ट्रिय बहस आवश्यक छ । हामीले हाम्रो समाजवादको सिद्धान्त र विचारधारा हामै्र आफ्नो मौलिक अनुभवहरु, व्यवहारहरुबाट खोज्नु परेको छ । ३. नयाँ नयाँ प्रविधि भित्र्याउँदा उत्पादन वृद्धिसंग जोडेर दिगो समाजवाद मूखी विकाससंग जोडेर गर्न आवश्यक छ । पूँजीवादको गलत दृष्टिकोण सोचहरुबाट होइन उनीहरुको पनि राम्रो कुराहरुबाट सिक्न सकिन्छ, सिक्दा सिक्दै आफै पूँजीपति वर्गमा रुपान्तरण हुने आफ्नो बाटो, सिद्धान्त र विचारबाट नै विचलित हुने स्थितिबाट जोगिन्नु पर्दछ । ४. तीन तहको जन प्रतिनिधिहरु र सरकारका मन्त्रीहरुले मंहगो गाडी, भक्ता, सुविधा आदि कटौती गर्न विशेष योजनाका साथ काम गर्न जरुरी छ˗ यस तर्फ जन गुनासो बढदोछ ध्यान जाओस । ५. नेपाल र नेपालीहरुको एकतालाई मध्य नजर राखेर राष्ट्रिय एकतामा जोड दिने विखण्डनको बाटोतिर नजाने सिद्धान्त, विचार र दृष्टिकोण निर्माण गर्न अध्ययन केन्द्रीत गर्नु पर्दछ । हाम्रो बहुजाती, बहुभाषी, बहु धर्म र संस्कृति रहेको मुलुकमा एकताको संन्तुलित दृष्टिकोण विचार˗व्यवहारसंगै भारत र चीनसंग संन्तुलित हुन आवश्यक छ । हामी नेपालीहरुले विश्वका सबै मानवतावादी प्रगतिशील शक्तिहरुसंग मिलेर विश्व शान्तीका लागि निरन्तर सघर्ष गर्नु पर्दछ । यस तर्फ पनि ध्यान जाओस । २२ औं तुल्सी लाल स्मृति दिवसको उपल्क्षयमा हामीले चार बौद्धिक राष्ट्रिय ब्यक्तिहरुको आज सम्मान गर्दैछौं । हाम्रो सम्मानीत हुने ब्यक्तित्वहरु श्री मदनमणि दिक्षितज्यू, श्री मोदनाथ प्रक्षितज्यू, श्री भैरव रिसालज्यू र मरणोप्रान्त श्री कृष्णदास श्रेष्ठज्यूलाई विशेष सम्मान व्यक्त गर्न चाहान्छु । वहाँहरुले नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनमा राजनीति, साहित्य र पत्रकारिता क्षेत्रबाट साथै माक्र्सवादी लेख रचना पुस्तक आदिबाट जुन विशेष योगदान गर्न भएकोछ त्यो अविस्मरणीय छ । नेपाली जनताले मात्र होइन विश्वका शान्ती प्रेमी मानवतावादीहरुले समेत सदा˗सदा वहाँहरुलाई संम्झीरहनेछन् । वहाँहरु जस्तो महान व्यक्तित्वहरुलाई हाम्रो राष्ट्रको गौरवलाई सम्मान गर्नु पाउनु हाम्रो प्रतिष्ठान गौरव महशुस गर्दछौं, हामी धन्य भएका छौं । २२ औं तुल्सी लाल स्मृति दिवसको उपलक्ष्यमा श्रावण ११ गते मंगलबजारमा रक्तदान जस्तो महादान गर्ने सबैलाई सम्मान ब्यक्त गर्दै धन्यवाद भन्न चाहान्छु । यसै अवसरमा आठौं उपत्यका ब्यापी विद्यालय स्तरको हाजिरी जवाफ प्रतियोगितामा भाग लिने विद्यालयहरु, विद्यार्थीहरु˗सहयोगी शिक्षकहरु सबैलाई, सहयोग प्रदान गर्ने सबैमा हार्दिक धन्यवाद भन्दै अन्त्यमा कार्यक्रमको अध्यक्षता ग्रहण गर्छु प्रमूख अतिथि, विशेष अतिथि सबैलाई स्वागत गर्ने जिम्वारी वरिष्ठ उपाध्क्ष माननीय माधव पौडेलज्यूलाई दिर्दै कार्यक्रम संचालन गर्न महासचिव श्री हिमबहादुर क्षेत्रीलाई अनुमति दिन्छु । २०७६ श्रावण १७ गते तुल्सी लाल स्मृति प्रतिष्ठान

Other News