स्वर्गीय तुल्सीलाल अमात्यको २२ औं स्मृति दिवसमा तुल्सीलालअमात्य प्रतिष्ठानद्वारा आयोजितकार्यक्रममा मदनमणि दीक्षितको मन्तब्यः

संवोधन !
आज तुल्सी लाल स्मृति प्रतिष्ठानले तुल्सी लाल अमात्यको २२ औं स्मृति दिवसकादिन यो कार्यक्रमको आयोजना गरी मलाई आफ्नादुई शब्दब्यक्तगर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु ।
स्व. तुल्सी लाल अमात्य नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित र अविश्रान्त अभियन्ता हुनुहुन्थ्यो भन्ने कुरामा कसैलाई पनिकुनै शंका रहेन । यसै क्रममा पटक पटक उहाँसंग औपचारिक र अनौपचारिक भेटघाट र कुराकानीभए । सहयात्रीका रुपमाहामीले धेरै कामहरु पनिग¥यौं ।
हामी सबै फरक फरक र पृष्टिभूमि र विशेष सन्दर्भले नेपालको कम्युनिष्ट आन्दोलनसंग जोडिएका हौं । त्यतिबेलाको सन्दर्भ सम्झिदाखासगरेर राणाशासनको विरोध गर्नुपर्छ भन्ने अन्तरात्मकपुकार सुनेर नै पार्टीको स्थापना र तसम्बन्धी गतिविधिहरु हुन गएका हुन् भन्ने मलाई लाग्छ । मेरो आफ्नै बारेमा भन्नु पर्दा बनारस विश्वविद्यालयबाट एम.ए गरिसकेपछि पीएचडीको तयारी भइरहेको थियो । म फिलोसोफिको विधार्थी भएको हुदाँबनारस विश्वविद्यालयका भाइस प्रिन्सिपल तथा फिलोसोफिकै गुरु सर्वपल्ली राधाकृष्णन् मेरो पीएचडीका गाइड हुनुहुन्थ्यो । दुबैको विषय मिलेको हुनाले गुरुचेलाको शैक्षिक सहयात्रा अत्यन्त सुमधुर ढंगबाट अघि बढिरहेको थियो । त्यसैक्रममा एक दिन वहाँले मलाई क्यामरा लिएर आउनु भन्नुभयो र आफ्नो फोटो खिच् नलगाउनु भयो । त्यस पछि वहाँले भन्नु भयो कि˗“मलाई संविधानसभाको सदस्यबनाएको हुदाँअब मेरो संलग्नता र ब्यस्ततात्यता पट्टि हुने भयो । तिम्रो पीएचडी पनि सिद्धाउनुपर्छ त्यसको लागि मैले वाइज कृष्णमूर्तिसंग कुरा गरेको छु । उहाँसंग सम्र्पक गरेर अघि बढनु ।”
तर त्यसैबेला मेरा पिताजी र श्री ३ पद्यमशमसेरले एकैसाथ के आदेश दिनुभयो भने नेपालको २३ औं र बनारस विश्वविद्यालयको पहिलो नेपालीएम.ए भएको हुदाँअब पढाई पुग्यो । त्यसैले वीरगन्जको त्रिजुद्ध हाइस्कुलको हेडमास्टर भएर कामगर्नु । त्यो बेलामा ती दुबैको आदेश उलंघन गर्नसक्ने स्थिति नभएको हुदाँ ऐतिहासिक पुरुषको गाइडेन्समा पीएचडी गर्ने धोको लाई मनमै दबाएरै म बीरगन्जमा हेडमास्टर हुनआएँ । त्यसको एउटा चिनोको रुपमाअहिले पनि ‘माड्साव’संवोधनले बोलाइन्छ ।
बीरगन्जमै रहँदा बस्दाभाइ महेशमणि दीक्षित र शैलेन्द्र कुमार उपाध्यायसंग मेरो बारम्बार सम्पर्क हुनथाल्यो । बनारसमदेखिको फिलोसोफिप्रतिको मेरो भोक उहाँहरुले ल्याउने माक्र्सवादी दर्शनका किताब पढेर मैले मेट्न थालें र संगसंगै कम्युनिज्मप्रतिको मेरो आकर्षण पनि बढ्दै गयो । त्यसपछि मैले पार्टी सदस्यता प्राप्त गर्नका निम्ति पठाएको निवेदन स्वीकृत भएपछि यता म कम्युनिष्ट बनें उता कारवाही स्वरुप सम्पूर्ण पुर्खौली सम्पतिबाट बन्चित पनि गरियो । तर मैले त्यो अथाह सम्पति प्राप्त गर्न कम्युनिष्ट पार्टीको सदस्यता त्याग गर्ने कुरा सोच्नपनि सकिन ।
मैले यहाँ यो प्रसङ्ग उल्लेख गर्नुको तात्पर्य के हो भने जीवनमा ठूलो मूल्यचुकाएर र ब्यक्तिगत लाभका कुराहरुलाई तिलान्जली दिएर कम्युनिष्ट बनेकाहरुले मुलुक र जनताका पक्षमा त्यही बराबरको त्याग र योगदान पुराउन सक्यौं कि सकेनौं भन्ने कुरामा आज गम्भीर प्रश्न खडा भएजस्तो लाग्दछ ।
हो, त्यसपछिका दिनहरुमा कम्युनिज्मका बारेमा बौद्धिक जगतमा बहसको प्रारम्भ गर्ने र उनीहरुलाई संगठित गर्ने जिम्मेवारी पनि मैले पाएँ । यसै क्रममा मकवानपुरदेखि सप्तरीसम्मको भौगोलिक जिम्मेवारीमा रहेर कामगर्दा कमर साह र कृष्णराज वर्मा जस्ता नेताहरुलाई मैले कम्युनिष्ट पार्टीमा अवाद्ध गराउन सकें । यद्यपि मेरो मूलविषयभने माक्र्सवादीदर्शन नै हो र केहीवर्ष यतादेखि म कम्युनिष्ट पनि रहिन र एउटा लेखकको रुपमामात्र सक्रिय रहँदै आएको छु ।
तुल्सी लालजीको विषयमा भन्नुप र्दा धेरै प्रसङ्गहरु छन् ।जो एकै बसाइमा सकिदैनन् । पुरानो पुस्ताको कम्युनिष्ट नेताहरुमा तुल्सीलालजी अग्रणी भूमिकामा हुनुहुन्थ्यो । दोस्रो विश्वयुद्धपछि विश्वमै कम्युनिष्ट आन्दोलनले जुनउभार लियो त्यसबाट पुष्पलाल तुल्सी लालहरु अत्यन्त उत्साहित र आशावादी हुनुहुन्थ्यो । खास गरेर तुल्सी लालजी किसान आन्दोलनसंग बढी संलग्न हुनुहुन्थ्यो । पटक पटकका कुराकानीमा उहाँले कम्युनिष्ट आन्दोलनलाई सफल गराउन किसान आन्दोलनकै मुख्य भूमिका र योगदान हुन्छ भन्ने विचार राख्नुहुन्थ्यो । मूलतः रौतहटको किसान आन्दोलनजो ऐतिहासिक थियो त्यसको नेतृत्व तुल्सी लालजीले गर्नुभएको थियो । अहिलेको पुस्ताले बिर्सिन थालेको कुरा त्यतिबेला दरभंगामा बसेर होटेल ब्यवसाय गर्ने द्रब्यमान शाक्य भन्ने हुनुहुन्थ्यो । उहाँको र तुल्सी लालको अत्यन्त नजिकको सम्बन्ध थियो । त्यो किसान आन्दोलनमा पनि द्रब्यमानको ठूलो सहयोग रह्यो । त्यतिबेला कम्युनिष्ट नेता कार्यकर्ता उपचारका लागि दरभंगा जानु पर्ने र त्याहाँ जाँदा द्रब्यमानको ठूलो सरसहयोग रहने गथ्र्यो । उहाँलाई नचिन्ने कोही थिएन । माया गरेर,श्रद्धा गरेर उहाँलाई सबैले “दरभंगे दाई” भन्ने गर्थे ।
तुल्सी लालजी अत्यन्त भद्र, बौद्धिक र सहयोगी भएकोले सबैको प्रिय पनि हुनुहुनथ्यो र आफ्नो तर्कले अरुलाई छिट्टै प्रभावमा पनि पार्नुहुन्थ्यो । उहाँ पछि चीनका लागि नेपालको राजदूत भएर पनि काम गर्नुभयो । त्यतिबेलाउहाँको चयनलाई सबैले उचित ठाउँमा उचित ब्यक्ति भनेर प्रशंसा पनि गरेको सुनियो ।
कुराहरु धेरै छन् तर समयकम छ । अन्त्यमा तुल्सी लालजीको ब्यक्तित्व र योगदानबारे पछिल्लो पुस्तालाई जानकारी गराईराख्न यस किसिमको कार्यक्रम सान्र्दिर्भक भएकोले यसलाई निरन्तरता दिनुपर्छ भन्दै आफ्नो भनाई यही अन्त्य गर्दछु । धन्यवाद ।

२०७६ साल साउन १७गते शुक्रवार